काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले खुला उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
बुधबार कांग्रेसको १५औँ महाधिवेशन स्थल खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सभापति गगनकुमार थापाको आग्रहमा आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका हुन्।
‘सभापति गगन थापाको आग्रहमा मैले उम्मेदवारी फिर्ता लिएको छु,’ चालिसेले भने।
चालिसे कांग्रेसको प्रवक्तासमेत हुन्। उनले उम्मेदवारी फिर्ता लिएसँगै खुला उपसभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया