काठमाडौं। भोटेकोशी बाढी पीडितको राहत तथा पुनर्निर्माणका लागि दुई संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे २९ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता संस्थाले २८ लाख ९८ हजार ६७९ रुपैयाँ र पाल्पाको रिब्डीकोट बुद्ध विहारले ४० हजार रुपैयाँ सहयोग गरेका हुन्। रकम बाढी प्रभावितको राहत र पुनर्निर्माणमा प्रयोग गरिने जनाइएको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया