काठमाडौं। सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
न्यायाधीश महेशशर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो। रिट निवेदकले माग गरेको अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले असोज २३ गते दुवै पक्षलाई बोलाएको छ।
रिट तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटसम्बन्धी विषयमा दायर गरिएको हो।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया