काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज हुने तय भएको मतदान स्थगित भएको छ।
मतपत्र छपाइमा ढिलाइ हुनुका साथै निर्वाचनका लागि आवश्यक प्राविधिक तयारी पूरा नभएपछि आज मतदान गर्न नसकिने भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार मतपत्र छपाइ तथा अन्य प्राविधिक तयारी पूरा गर्न समय लाग्ने भएकाले मतदानको कार्यक्रम एक दिन पछि सारिएको हो।
समितिका अनुसार अब कांग्रेसको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुनेछ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्ने निर्वाचन कार्यक्रम प्रभावित भएको छ। निर्वाचन समितिले आवश्यक तयारी पूरा गरी शुक्रबार मतदान गराउने जनाएको छ।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया