काठमाडौं । पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।
कालिका स्थित ओख्लेको भिरबाट बस पल्टिएको बताइएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको जनाइएको छ ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया