काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
बिहान ८ः३० देखि १०ः३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मतदान भएको हो।
प्रदेशगत विवरणअनुसार कोशीबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट संयुक्त रूपमा २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमतीबाट २१७ मत खसेको छ।
मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाइएको छ। महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान गरिरहेका छन्।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया