काठमाडौं । सर्वोच्च अदालतले इनाम सापकोटालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ। रिट खारेज भएसँगै सापकोटा थुनामै रहने भएका छन्।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले शुक्रबार सापकोटाको रिट खारेज गरेको हो। उनकी श्रीमती कविता पाण्डेले असोज १६ गते सापकोटालाई तत्काल रिहा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट रहेर शङ्कास्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका सापकोटामाथि सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो।

अहिले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको जनाएको छ।

सापकोटामाथि अदालतमा विचाराधीन मुद्दामा बिचौलियाको भूमिका निर्वाह गरी अवैध सम्पत्ति आर्जन गरेको आरोप छ। उक्त आरोपबारे अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com