काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार बिनिता खड्का वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राष्ट्रिय सभागृह नजिकैबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने भन्दै रकम असुलिएको ठगी प्रकरणमा खड्काको संलग्नता खुलेपछि पक्राउ गरिएको हो।

प्रहरीको अनुसन्धानअनुसार उक्त समूहले १५६ जनालाई इजरायल पठाइदिने भन्दै करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। यसअघि यही प्रकरणमा कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परिसकेका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर रकम असुलिएको आरोपसमेत रहेको छ। प्रहरीले ठगीको रकम बाँडफाँट भएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com