काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले पार्टी सभापतिमा विजयी भएका गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत थापालाई शुभकामना दिँदै कांग्रेसको नयाँ नेतृत्वसामु देशलाई समुन्नतिको गन्तव्यमा पुर्याउने जिम्मेवारी रहेको उल्लेख गरेका छन्।
‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन । हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई । अफ्ठ्यारा आउँछन्, सामना गर्नु छ संयमले । जोड्नु छ भिन्न मत र मनहरू,’ शर्माले लेखेका छन्।
उनले विगतका गौरवलाई पछ्याउँदै कमजोरी सच्याउनुपर्ने र इतिहासप्रति इमानदार रहँदै समुन्नतिलाई सम्भव तुल्याउनुपर्नेमा पनि जोड दिएका छन्।
शर्माले गगनको नेतृत्वलाई आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै आफूहरू सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्।
‘हामीले सक्नुपर्छ र सक्नेछौँ । अपार विश्वास र दृढ साथका साथ, उभिएको छु साथमा, लामबद्ध छौँ साथमा । लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’ उनले लेखेका छन्।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार











प्रतिक्रिया