काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।

भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुवै नेतालाई शुभकामना दिँदै उनीहरू आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा पुगेको उल्लेख गरेका छन्। उनले जनताको अपेक्षा र विश्वासलाई टुट्न नदिन पनि आग्रह गरेका छन्।

लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धाको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै भट्टराईले त्यस दिशामा आफूहरूबीच सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

उनले व्यक्ति र स्वार्थकेन्द्रित सत्ता गठबन्धनको प्रवृत्तिबाट मुलुकलाई मुक्त गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन्। साथै, सम्मानित र मर्यादित राजनीतिक संस्कृति निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

‘आशा, भरोसा र विश्वासको जगमा तपाईंहरू नेतृत्वमा आउनुभएको छ, टुट्न दिनुहुने छैन,’ भट्टराईले फेसबुकमा लेखेका छन्।

उनले गगन र विश्वप्रकाशलाई सम्बोधन गर्दै लोकतन्त्र र संविधानको रक्षा तथा विकासमा सहकार्य र स्वस्थ राजनीतिक प्रतिस्पर्धाका माध्यमबाट अघि बढ्नुपर्ने बताएका छन्।

यसैगरी, भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा पार्टीका नेता तथा कार्यकर्तालाई पनि बधाई दिएका छन्।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com