काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा डा। चन्द्रकान्त भण्डारीले भारी मतको अग्रता लिएका छन् ।
११७९ मत गन्दा उपसभापतिको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा भण्डारीले ६२३ मत प्राप्त गरेका छन् । यस्तै ई। मधु आचार्यले ३४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा।डा। चन्द्रमोहन यादवले १२६ मत प्राप्त गरेका छन् ।
उपसभापतिको महिला एक पदमा भने पुष्पा भुसाल निर्विरोध यसअघि नै निर्वाचित भइसकेकी छन् ।
समावेशी एक पदमा बिनोदकुमार चौधरीले ३४७ मतसहित अग्रता लिएका छन् । जीवन परियारले २८७, फरमुल्लाह मंसुरले १६४, सीता गुरुङले १५१ र रंजीत कर्णले ९८ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार











प्रतिक्रिया