काठमाडौं । बूढीगण्डकी नदीको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै आरुघाटदेखि गोरखासम्म छिट्टै निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ।
गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। हालसम्म विभिन्न स्थानबाट ४७ जनाको सकुशल उद्धार गरिएको छ।
मन्त्री गुरुङका अनुसार पहिलो चरणको राहत सामग्रीसहित तीन वटा ट्रक प्रभावित क्षेत्रमा पठाइसकिएको छ।
बाढीका कारण अवरुद्ध सडक तथा यातायात सेवा पुनः सञ्चालन गर्न बेलीब्रिज जडानलगायतका आवश्यक तयारी भइरहेको पनि उनले बताएका छन्।
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार












प्रतिक्रिया