काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले सुरुवाती अग्रता लिएका छन्।

नेपाली कांग्रेस निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार १ हजार ६८९ मत गणना हुँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन्।

यसैगरी अन्य उम्मेदवारहरू मध्ये अजय सिवाकोटीले ५४८ मत प्राप्त गर्दै खतिवडालाई पछ्याइरहेका छन्। त्यस्तै डिल्लीराज सुवेदीले ४३९, देवेन्द्रराज कँडेलले ३३४ र विकास कोइरालाले २८४ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरू राजिव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत ल्याएका छन्। बाँकी मतको गणना कार्य अहिले निरन्तर जारी रहेको छ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com