काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनारले एक पुर्वमन्त्री महिलासँग अश्लिल शब्दहरु प्रयोग गरी रकम माग गर्दै ज्यानमार्ने धम्कि दिएको अडियो सार्वजनिक भएपछी रास्वपाको पार्टी राजनीतिमा ठुलै भुकम्प गएको छ।
राजनीतिक दलका नेतादेखि प्रहरी प्रमुखसम्मलाई भ्रष्ट भन्दै सराप्ने र आफूलाई सदाचारी दाबी गर्ने दलित अभियन्ता एवं माननीय सांसद खगेन्द्र सुनारको वित्तीय कारोबारसमेत गम्भीर शङ्काको घेरामा परेको छ। सिटिजन्स बैंक इन्टरनेसनल, महालक्ष्मी विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतमा रहेका उनको खाताबाट गरिएका करोडौँको कारोबार अस्वभाविक र शङ्कास्पद देखिएको हो।
ग्लोबल नागरिकलाई प्राप्त कागजात अनुसार, सुनारको महालक्ष्मी विकास बैंकको खाता (नम्बर: ०८१००६००४४५८०१०००००१) बाट कुल रु. २९ लाख ७८ हजार ८ सय ६६ र चौध पैसा जम्मा भएको देखिन्छ भने सोही अवधिमा रु. २९ लाख ७८ हजार ४ सय ७५ रुपैयाँ झिकिएको खातामा जम्मा ३ सय ९० रुपैयाँ मात्र बाँकी राखिएको छ। त्यसैगरी सिटिजन्स बैंकको खाता (नम्बर: ०३३०१०००००४४३०१६) बाट मात्रै १९ लाख ३६ हजार ६ सय २३ रुपैयाँको अस्वभाविक कारोबार भएको भेटिएको छ, जसमा हाल १ लाख ८५ हजार १ सय २६ रुपैयाँ एकचालीस पैसा मौज्दात छ।
सबैभन्दा रोचक त के छ भने, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खाता (नम्बर: ०१९०५०८०१६३२८६) मा बाहिरी रूपमा नगद जम्मा वा थपघट नभए पनि बैंकले नै नियमित रूपमा ब्याज जम्मा गरिदिएको र कर कट्टी गरेको देखिन्छ, जसमा ३ हजार ३ सय १० रुपैयाँ पैसा मौज्दात रहेको छ। यसले उनका निष्क्रिय खाताहरूमा समेत भित्री रूपमा रकमको व्यवस्थापन भइरहेको सङ्केत गर्छ।
लाखौँको रेमिट्यान्स र अज्ञात स्रोत
विदेशी भूमि युके र जापानसहितका देशहरूबाट सुनारको खातामा विभिन्न रेमिट्यान्स च्यानलहरू (वर्ल्ड रेमिट, सिटी रेमिट, गुडविल रेमिट) मार्फत निरन्तर लाखौँ रुपैयाँ आएको ट्रान्जेक्सन अभिलेखले पुष्टि गर्छ। यद्यपि, आफूलाई अभियन्ता दाबी गर्ने व्यक्तिलाई विदेशमा रहेका व्यक्तिहरूले यो ठूलो रकम कुन प्रायोजनका लागि पठाएका हुन् र यसको वास्तविक स्रोत के हो भन्ने कुरा कतै खुलाइएको छैन। ग्लोबल नागरिकलाई प्राप्त विस्तृत कारोबार विवरण हेर्दा सुनारको यो कारोबार र स्रोतमाथि अनुसन्धान गर्नुपर्ने प्रशस्त कानुनी आधारहरू फेला परेका छन्।
सदाचारको चर्को भाषण दिएर अभियन्ताबाट संसदसम्म पुगेका सांसद सुनार यसरी एक पछी अर्को गम्भीर विवादमा तानिँदा उनी आबद्ध राजनीतिक दल वा पार्टीले कस्तो कारबाही अघि बढाउँछ, त्यो भने हेर्न बाँकी छ ।
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार












प्रतिक्रिया