काठमाडौं । तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १५३औं महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्किएका छन्।

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा धारणा प्रस्तुत गरेका थिए।

सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास तथा बजेटनिर्माणबारे पनि जानकारी लिएको थियो।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com