काठमाडौँ । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ ।

एमाले निकट मजदुर संगठन (जिफन्ट)को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनका अनुसार १८ अस्थायी आवाससहित प्रत्येक आवासका लागि शौचालय, बिजुली, पानी लगायतको समेत व्यवस्थापन गरिएको छ ।
अस्थायी आवास निर्माण अभियानमा जिफन्ट विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो क्षति भएको थियो ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com