काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमहामन्त्री (आदिवासी जनजाति) पदमा निर्वाचित भएका छन्।

लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।

यसैगरी, आदिवासी जनजाति महिलातर्फका आठ जना केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन्। उक्त समूहबाट ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

निर्वाचित हुनेमा गीता गुरुङले २ हजार ८५९, डा. गंगालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीताकुमारी रानामगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लीलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन्।

त्यस्तै, आदिवासी जनजाति पुरुषतर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। खुलातर्फका १२ पदका लागि ४१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

निर्वाचन समितिका अनुसार पुरुषतर्फ तीर्थ लामा ४ हजार ४२५ मतसहित सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएका छन्। त्यसपछि इन्जिनियर अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छिरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९० र भीम श्रीसमगरले २ हजार ४६ मत प्राप्त गरेका छन्।

यसैगरी रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com