काठमाडौं । जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा बम विस्फोट र अपहरणको धम्की आएपछि जयपुर विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ।
समाचार संस्था पीटीआई र एएनआईका अनुसार एयर इन्डियाको उडान नम्बर एआई २०३० लाई सुरक्षा जोखिमको सूचना प्राप्त भएपछि जयपुरतर्फ मोडिएको थियो। विमानलाई सुरक्षित रूपमा अवतरण गराएपछि मुख्य धावनमार्ग र टर्मिनलबाट टाढा छुट्टै स्थानमा राखिएको छ।
घटनापछि भारतीय सुरक्षा निकाय, बम निष्क्रिय पार्ने टोली र नागरिक उड्डयन सुरक्षा अधिकारीहरूले विमान, यात्रु तथा उनीहरूको सामानको जाँच गरिरहेका छन्।
धम्की कहाँबाट र कसरी आएको हो भन्नेबारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया