काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति असोज १६ गते भए पनि यस वर्ष असोज २८ गते मात्रै मनसुन पूर्ण रूपमा बाहिरिएको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट असोज १७ गतेदेखि मनसुन बाहिरिन थालेको थियो।
मनसुन बाहिरिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव कायम रहन सक्ने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया