काठमाडौं । चाडपर्वको मौसमलाई लक्षित गर्दै स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्ना उत्पादनको प्रवर्द्धनलाई तीव्रता दिएको छ। सुपथ मूल्य र दैनिक प्रयोगका लागि आवश्यक सुविधासहित उपलब्ध ‘टेक्नो स्पार्क गो ३’ ग्राहकको रोजाइमा पर्न थालेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार स्पार्क गो ३ नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध छ। ४ जीबी र्याम तथा ६४ जीबी आन्तरिक भण्डारण क्षमता भएको मोडेलको मूल्य २१ हजार ९९९ रुपैयाँ र ४ जीबी र्याम तथा १२८ जीबी भण्डारण क्षमता भएको मोडेलको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ।
फोनमा ६.७४ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, पाँच हजार एमएएच क्षमताको ब्याट्री, १३ मेगापिक्सेलको मुख्य क्यामेरा र आठ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। त्यस्तै, प्रयोगकर्ताको सहजताका लागि टेक्नोको एआई भ्वाइस असिस्टेन्ट र इन्टरनेट वा नेटवर्कबिना सञ्चार गर्न सकिने ‘कम्युनिकेसन २.०’ सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ।
धुलो तथा पानीका छिटाबाट सुरक्षित राख्न आईपी ६४ सुरक्षा मापदण्ड र सामान्य रूपमा खस्दा हुन सक्ने क्षति न्यूनीकरण गर्ने बलियो बनावट फोनका थप विशेषता हुन्।
ग्राहकलाई खरिदपछिको सेवा सुनिश्चित गर्न कम्पनीले स्पार्क गो ३ मा १०० दिनको रिप्लेसमेन्ट सुविधा र १३ महिनाको आधिकारिक वारेन्टी दिएको छ। तोकिएका सर्त पूरा भएको अवस्थामा खरिद गरेको १०० दिनभित्र प्राविधिक समस्या देखिए नयाँ फोन साट्न सकिने कम्पनीले जनाएको छ।
यसैबीच, नेपालीहरूको महान् चाड बडादशैँ, तिहार र छठलाई लक्षित गरी सञ्चालन भइरहेको ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ उपहार योजनाअन्तर्गत ग्राहकहरूले उपहार जित्ने क्रम जारी छ।
योजनाअन्तर्गत काठमाडौँको न्युरोडस्थित मोबाइल पोइन्टबाट टेक्नो क्यामोन ४० प्रो स्मार्टफोन खरिद गरेकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छन्।
कम्पनीका अनुसार योजनामा सहभागी हुने ग्राहकले हरेक दिन चाँदीका सिक्का र प्रत्येक साता दुई जनाले चाँदीका चंगा जित्ने अवसर पाउनेछन्। त्यस्तै, अभियानको अन्त्यमा आयोजना हुने बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले पाँच लाख रुपैयाँ बराबरको सुनको चंगा प्राप्त गर्नेछन्।
अन्तर्राष्ट्रिय बजारमा चिपसेट र र्यामलगायत स्मार्टफोनका पार्टपुर्जाको लागत बढिरहेको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा नेपाली बजारमा पनि मोबाइलको मूल्य वृद्धि हुन सक्ने जनाएको छ। त्यसैले हालकै मूल्यमा स्मार्टफोन खरिद गरी उपहार योजनामा सहभागी हुन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया