काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसमेत सुरु गरिसकेको छ ।

यसैक्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा बालेनको भारत भ्रमण’र छलफल भएको छ । भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षी अमित शाहसँग प्रधानमन्त्री शाहको भारत भ्रमणमा छलफल गरेका छन् ।

मंगलबार सम्पन्न भएको बिमस्टेक गृहमन्त्रीस्तरीय छलफलपछि गुरुङ र शाहबिच भेटवार्ता भएको थियो । भेटवार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमण’ छलफल भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com