काठमाडौ । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।
बुधबार बसेको समितिको बैठकले सुनारलाई राजदूतमा नियुक्त गर्न अनुमोदन नगर्ने निर्णय गरेको हो। उनको नैतिक आचरण तथा जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विषयमा संसदीय सुनुवाइका क्रममा प्रश्न उठेपछि समितिले नाम अस्वीकृत गरेको हो।
सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिका सभापति बोधनारायण श्रेष्ठले बैठकमा सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका थिए।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया