काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अचानक पेट दुखेपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी काफ्लेको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस पुष्टि भएपछि चिकित्सकले तत्काल शल्यक्रिया गरेका हुन्।
वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीरसिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले बिहीबार बिहान करिब ४ बजे शल्यक्रिया सम्पन्न गरेको हो।
अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार शल्यक्रियापछि काफ्लेको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ। चिकित्सकको निगरानीमा रहेकी उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
पेसाले जनस्वास्थ्यकर्मीसमेत रहेकी काफ्लेको उपचारका क्रममा प्रधानमन्त्री शाह आफैँ अस्पताल पुगेका थिए। शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भइरहेको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया