काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारसँग जोडिएको महिला हिंसासम्बन्धी भनिएको अडिओ प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले घटनाको छानबिन गर्न छुट्टै समिति गठन गरेको हो।
बिहीबार बसेको आयोगको बैठकले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। समितिले सार्वजनिक अडिओ तथा भिडिओको प्राविधिक परीक्षण गर्नुका साथै आवश्यक प्रमाण सङ्कलन गर्नेछ।
सांसद सुनारले अडिओमा सुनिएको आवाज आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार पारिएको दाबी गरेका छन्। पीडित भनिएकी महिलाले पनि अडिओमा आफ्नो आवाज नरहेको बताएकी छन्।
आयोगले सम्बन्धित सञ्चारमाध्यमसँग अडिओ तथा भिडिओ सामग्री माग गर्ने र आवश्यक परे विशेषज्ञको राय लिने जनाएको छ। समितिले अनुसन्धानपछि प्रतिवेदन बुझाउनेछ, जसका आधारमा आयोगले आफ्नो निष्कर्ष तय गर्नेछ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार















प्रतिक्रिया