काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत समूहबाट केन्द्रीय सदस्य पदमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्
पाँच पदका लागि भएको निर्वाचनमा उनले ३ हजार २५३ मत प्राप्त गरे।त्यस्तै, प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७, अधिवक्ता सीताराम केसी १ हजार ५३६, डा. प्रदीप मिश्र १ हजार ४७८ र केशव निरौला १ हजार २३२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार















प्रतिक्रिया