काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लगानी बोर्डमा घुसका रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएको विषयमा तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत शाहीले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिएकालाई कानुनी कारबाही गर्न माग गरेका हुन्।

‘सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू, लगानी बोर्डमा घुसको रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएको छ। तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइयोस्,’ उनले भनेका छन्।

उनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सदस्यहरू वर्तमान सरकारले नियुक्त गरेको उल्लेख गर्दै सरकार यस प्रकरणमा जवाफदेहिताबाट पन्छिन नमिल्ने बताएका छन्।

‘भ्रष्टाचार हिजो होस् वा आज, आफ्ना हुन् वा पराइ, भ्रष्टाचार भ्रष्टाचार नै हो,’ शाहीले भनेका छन्।

उनले निष्पक्ष छानबिनमार्फत दोषी ठहरिने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न प्रधानमन्त्रीसँग जोडदार माग गरेका छन्।

‘लगानी बोर्डका सीईओ र सदस्यहरू वर्तमान सरकारले नियुक्त गरेको हो। त्यसैले सरकार जवाफदेहिताबाट पन्छिन मिल्दैन,’ उनले भने, ‘भ्रष्टाचार हिजो होस् वा आज, आफ्ना हुन् वा पराइ भ्रष्टाचार भ्रष्टाचार नै हो। दोषी ठहरिए तत्काल कानुनी कारबाही गर्न सम्माननीय प्रधानमन्त्रीज्यूलाई जोडदार माग गर्दछ।’

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This