सिन्धुली । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्।

जिल्लाको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टरअगाडि बा.प्र.०३–००१ ख.२७७४ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार खाना खाएर पुनः यात्रु चढाउने क्रममा बसलाई पछाडि सार्दा दुर्घटना भएको थियो। सोही क्रममा बसको पछाडिको चक्का अचानक नालामा परेपछि बस सडकबाट करिब १० मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका नौ जनालाई उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल, खुर्कोट पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com