काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन्।

शुक्रबार मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व, क्षेत्रीय सहकार्य, जलवायु परिवर्तन तथा विपद् प्रतिकार्यमा सहयोग बढाउने विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री खनालले सार्कको संस्थागत विकास र क्षेत्रीय सहकार्य प्रवर्द्धनमा सरवारले पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com