काठमाडौं । नेपालीहरुको महान चार्ड वडा दशैं जस्तो चाडपर्वमा समेत ऋण असुली (रिकभरी) लाई प्राथमिकता दिँदै बैंक सञ्चालन गर्ने निर्णय गरिएको भन्दै एनआईसी एसिया बैंकका कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

सार्वजनिक बिदाका बेला (शनिबारको दिन समेत) पनि रिकभरीका लागि कर्मचारी परिचालन गर्ने निर्णयले बैंकका कर्मचारीहरुको चाडपर्व मनाउने अवसर र पारिवारिक जीवनमा असर परेको उनिहरुको गुनासो छ।

वर्षभरि बैंकिङ सेवामा खटिने कर्मचारीले वर्षमा एकपटक आउने वडा दशैंमा समेत परिवारसँग समय बिताउन नपाउने अवस्था सिर्जना भएको भन्दै कर्मचारीहरुले बैंक व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

‘बैंकका लागी बैंकको रिकभरी महत्त्वपूर्ण हुन सक्ला, तर त्यसका लागि कर्मचारीको चाडपर्व र व्यक्तिगत जीवनलाई बेवास्ता गर्नु उचित नहुने कर्मचारीहरुको भनाई छ।

बैंकका कर्मचारीहरुले सार्वजनिक बिदामा बैंक सञ्चालन गर्नुपर्ने आवश्यकता र त्यसको औचित्य स्पष्ट पार्न नेपाल राष्ट्र बैंक तथा सम्बन्धित बैंक व्यवस्थापनसँग माग गरेका छन्।

बैंकको व्यावसायिक लक्ष्यसँगै कर्मचारीको अधिकार, सुविधा र व्यक्तिगत जीवनलाई पनि प्राथमिकता दिनुपर्ने कर्मचारीहरुको माग छ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com