काठमाडौं। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले देशभर फैलिएको हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएका छन्। तर राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनको राजीनामा अस्वीकार गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाउन र प्रदर्शनमा हिंसामा संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्।

फ्रान्स इन्टरसँग सोमबार बिहान कुरा गर्दै नुनेजले प्रदर्शनका क्रममा भएका घटनाको जिम्मेवारी महसुस गरेपछि राजीनामा बुझाएको बताएका छन्।

राष्ट्रपति कार्यालय एलिसी प्यालेसका अनुसार म्याक्रोनले नुनेजलाई फ्रान्सका सडकमा सुरक्षा कसरी कायम गर्ने र दङ्गामा संलग्नलाई कसरी न्यायको दायरामा ल्याउने भन्ने विषयमा काम गर्न आग्रह गरेका छन्।

नुनेजका अनुसार सरकारी टोलीले देशभर करिब दुई लाख प्रदर्शनकारी सहभागी हुने अनुमान गरेको थियो। तर शनिबार फ्रान्सभर ५ लाख ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएको अनुमान गरिएको छ।

महँगी बढ्दै गएको र आर्थिक अवस्था कठिन बनेको विरोधमा सर्वसाधारण सडकमा उत्रिएपछि प्रदर्शन हिंसात्मक बनेको बताइएको छ।

यो आन्दोलन सेप्टेम्बरको मध्यदेखि विद्यार्थीहरूले विद्यालयका जीर्ण भवन, शिक्षकको अभाव र शिक्षाको खस्कँदो गुणस्तरविरुद्ध सुरु गरेका थिए। पछि शिक्षक, पेन्सनधारी र कामदारसमेत आन्दोलनमा सहभागी भएपछि प्रदर्शन देशव्यापी बनेको हो।

प्रकाशित मिति: ३ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com