काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुधबार सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्ने भएका छन्। भेटमा रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ।
यसअघि विटकफले नर्वेको राजधानी ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए। उक्त वार्तालाई अमेरिकी अधिकारीहरूले सकारात्मक र रचनात्मक बताएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँग गुप्तचर सूचना आदानप्रदानका लागि सहकार्य पुनः सुरु भएको बताएका छन्। यस्तै, फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टबले शान्ति स्थापनाका प्रस्तावमा वास्तविक प्रगति भएको उल्लेख गरेका छन्। अब रुसले ती प्रस्तावप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
प्रकाशित मिति: ५ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया