धनगढी । नेकपा एमाले जोरायल गाउँपालिका कमिटीका अध्यक्ष चित्रराज भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय भट्ट शनिबार आयोजित एक समारोहबीच रास्वपामा प्रवेश गरेका हुन्।

उनको पार्टी प्रवेशले डोटीमा रास्वपाको सङ्गठन विस्तार र सुदृढीकरणमा थप ऊर्जा मिल्ने विश्वास रास्वपा डोटी सङ्गठन विभाग प्रमुख डिल्लीराज भट्टले व्यक्त गरेका छन्।

रास्वपाका नेता तथा कार्यकर्ताले भट्टलाई पार्टीमा स्वागत गर्दै नयाँ राजनीतिक यात्राका लागि बधाई दिएका छन्।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com