काठमाडौं । नेकपा (एमाले) जोरायल गाउँपालिका कमिटीका अध्यक्ष चित्रराज भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आएका भट्ट शनिबार एक समारोहबीच रास्वपामा प्रवेश गरेका हुन्।
नयाँ राजनीतिक यात्राको सुरुवातसँगै स्थानीय तहमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले भट्टलाई पार्टीमा हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेका छन्। उनको प्रवेशले डोटीमा रास्वपाको सङ्गठन विस्तार र सुदृढीकरणमा नयाँ ऊर्जा थप्ने विश्वास आफूले लिएको रास्वपा डोटी संगठन विभाग प्रमुख डिल्लीराज भट्टले बताए।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया