काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका हुन्। उनले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि टिप्पणी गर्दै त्यसलाई राष्ट्रघातको संज्ञा दिएका छन्।

बास्कोटाले प्रधानमन्त्री शाहले ग्रेटर नेपालको नक्सा टाँग्ने गरेको उल्लेख गर्दै सीमा विवादको विषयमा कुरा उठ्ने आशा व्यक्त गरे।

‘अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला नहोला भन्ने?’ उनले प्रश्न गर्दै भने, ‘मनरो डक्ट्रिन अर्थ मन्त्रीको भनाइले त्यो राष्ट्र घात हुन्छ। धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन्। र, आस छ। नयाँ जोगीले साह्रै खरानी उडायो।’

प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com