काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालयले परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न आग्रह गरेको छ।

विश्वविद्यालय क्याम्पस, कीर्तिपुरस्थित प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै परिसरमा प्रवेश गर्ने सबैलाई आफ्नो परिचयपत्र साथमा ल्याउन अनुरोध गरेको हो।

एनपीएलका खेल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा सञ्चालन हुँदैछन्। खेल अवधिमा विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको पहिचान सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com