काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘अर्नब’ नाम दिइएको चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको मौसमविज्ञ उज्ज्वल उपाध्यायले बताएका छन् ।
चक्रवात बुधबार रातिसम्म नेपाल प्रवेश गर्न सक्ने अनुमान छ । बिहीबारदेखि शुक्रबार रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनीमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा व्यापक हिमपात हुन सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविज्ञले सुझाव दिएका छन् ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया