काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलमा परमाणु बम खसिरहेको कृत्रिम बुद्धिमत्ता (एआई) निर्मित तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवाद चर्किएको छ । उनले इरानले परमाणु हतियार हासिल गर्नु इजरायलका लागि गम्भीर खतरा भएको बताएका छन् ।
नेतन्याहूको पोस्टको विपक्षी नेता यायर गोलानले आलोचना गरेका छन् । उनले प्रधानमन्त्रीले जनतामा डर फैलाइरहेको आरोप लगाउँदै नेतन्याहूलाई सामाजिक सञ्जालबाट टाढा राख्नुपर्ने बताएका छन् ।
अक्टोबर २७ मा हुने निर्वाचनको दुई दिनअघि आएको उक्त पोस्टमा इरानबाट उत्पन्न हुने सुरक्षा चुनौतीलाई प्रमुख मुद्दा बनाइएको छ । नेतन्याहूले इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्नु इजरायलको सर्वोच्च प्राथमिकता हुनुपर्ने बताउँदै आएका छन् ।
यसैबीच, नेतन्याहू सरकारमाथि सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न असफल भएको, सैन्य भर्ती र न्यायालयसम्बन्धी नीतिमा विवाद सिर्जना गरेको तथा युद्ध अन्त्य गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
अक्टोबर २७ मा हुने निर्वाचनलाई गाजा युद्ध तथा लेबनान र इरानसँगको द्वन्द्वपछि नेतन्याहूको नेतृत्व र सरकारको कामकारबाहीको परीक्षणका रूपमा हेरिएको छ । उनको लिकुड पार्टी नेतृत्वको गठबन्धन पुनः सत्तामा फर्किने प्रयासमा छ ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया