काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको खाडीमा रहेको अर्नब चक्रवात थप शक्तिशाली बन्दै गएकोले तीन दिन सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्राधिकरणले सो चक्रवातका कारण कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने र यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत प्राधिकरणले जनाएको छ । साथै यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिम पहिरोको उच्च जोखिम रहेको समेत जनाएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com