काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णाली याक्स दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले १६ ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको छ।

कर्णालीका अबकर अली एलबीडब्ल्यू आउट भए भने गुलशन झाले ९ बलमा १२ रन बनाएर विकेट गुमाए। शीर्ष क्रमका ब्याटरहरू आउट भएपछि सोमपाल कामी र पवन सर्राफ क्रिजमा रहेर टोलीको पारी सम्हाल्ने प्रयास गरिरहेका छन्।
टस जितेर पहिले बलिङ रोजेको जनकपुर बोल्ट्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई दबाबमा राखेका छन्।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com