काठमाडौं । इरानविरुद्धको युद्धमा अमेरिकाले अक्टोबर १६ सम्म ४७ अर्ब १० करोड अमेरिकी डलर खर्च गरेको पेन्टागनले अमेरिकी कङ्ग्रेसलाई जानकारी गराएको छ।
‘द न्युयोर्क टाइम्स’का अनुसार कुल खर्चको ६० प्रतिशतभन्दा बढी रकम बम, क्षेप्यास्त्र तथा अन्य युद्धसामग्रीमा खर्च भएको छ। अखबारले अमेरिकी कङ्ग्रेसका प्रतिनिधिहरूबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो।
रिपोर्टअनुसार अमेरिकी वायुसेनाले ७ अर्ब ६० करोड डलर र नौसेनाले १ अर्ब ५० करोड डलर खर्च गरेका छन्। त्यस्तै, यस क्षेत्रमा सैनिक तैनाथी कायम राख्न थलसेनाले करिब २ अर्ब १० करोड डलर खर्च गरेको छ।
युद्धमा भएको ठूलो खर्चले अमेरिकी सैन्य अभियानको आर्थिक भारबारे प्रश्न उठाएको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया