काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा ९२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अदालतबाट सजाय तोकिएर फरार रहेका १३ जना पनि छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास र भीडभाड हुने क्षेत्रमा अभियान सञ्चालन गरिएको थियो।

पक्राउ परेकामध्ये ८४ जना पुरुष र आठ जना महिला छन्। उनीहरूमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिकस्थलमा हुने हातपात, होहल्ला, दुर्व्यवहार, चोरी, लुटपाट र गुण्डागर्दीजस्ता गतिविधि नियन्त्रण गर्न अभियान चलाइएको हो।

प्रहरीले फरार कसुरदारको खोजी, शंकास्पद गतिविधिमाथि निगरानी र सार्वजनिकस्थलमा सुरक्षा व्यवस्था सुदृढ बनाउन विशेष जाँचलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com