काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै प्रारम्भिक झट्का व्यहोरेको छ।
ओपनर विनोद भण्डारी पहिलो ओभरको पाँचौं बलमै पभेलियन फर्किएका हुन्।
पोखरा एभेन्जर्सका बलर धनञ्जय लक्षणले सुदूरपश्चिमको पहिलो विकेट लिँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका छन्। ९ रनको कुल स्कोरमा लक्षणले भण्डारीलाई बोल्ड आउट गरे। भण्डारीले २ बलमा १ चौका प्रहार गर्दै ४ रन जोडे।
पहिलो विकेट गुमेपछि हाल क्रिजमा अर्का ओपनर सेफ जेब ३ बलमा ५ रन बनाएर टिकिरहेका छन्। ०.५ ओभरको समाप्तिमा सुदूरपश्चिमले १ विकेट गुमाएर ९ रन बनाएको छ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया