काठमाडौं । पोखराको न्युरोडमा गएराति स्कुटर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१, नौडाँडा घर भई हाल पोखरा लेकसाइड निवासी २८ वर्षीय आशीष कुँवरको मृत्यु भएको हो ।

चिप्लेढुंगाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई राति २ बजेर ५० मिनेटमा दुर्घटना भएको हो । स्कुटरको पछाडि सवार आशीष कुँवरको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा बिहान ५ बजेर ३० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी पर्यटन व्यवसायीसमेत हुन् ।

स्कुटर चालक स्याङ्जाको आँधिखोला–२, चिलाउनेबास घर भई हाल पोखरा न्यूरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटा हुन् ।

दुर्घटनापछि प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा लिएर घटना’bout थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बताए । स्कुटर डिभाइडरमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com