काठमाडौं । भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।

नेपाल आइपुग्दासम्म चक्रवात कमजोर हुने अनुमान गरिए पनि वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। सम्भावित जोखिमबारे जानकारी दिन सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङसमेत गरिरहेका छन्।

पदयात्रा र पर्वतारोहणमा सतर्कता

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान जाँच गर्न पर्यटक र पर्वतारोहीलाई आग्रह गरेका छन्।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण तथा वैकल्पिक उडान योजनालाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। सञ्चार र विद्युत् प्रणाली चुस्त राख्नसमेत भनिएको छ।

अफवाहमा नलाग्न सरकारको आग्रह

विभिन्न जिल्ला प्रशासन कार्यालयले सम्भावित मौसमी जोखिमको मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

सरकारले भ्रामक सूचनाको पछि नलाग्न, आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न र मौसमको अवस्था हेरेर आवश्यक सावधानी अपनाउन अपिल गरेको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com