एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एम्बुलेन्सभित्र राखिएको अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार राति थारपारकर जिल्लाको नगरपारकर सहरस्थित एक स्वास्थ्य केन्द्र परिसरमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको थियो। एम्बुलेन्सभित्र रहेको अक्सिजन सिलिन्डर विस्फोट हुँदा उक्त घटना भएको प्रारम्भिक विवरण छ।
घटनामा घाइते भएकाहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कराची लगिएको छ। मृत्यु भएकाहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन्।
विस्फोटको वास्तविक कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ। टोलीले घटनास्थलमा रहेका प्रमाणहरूको परीक्षण गरी विस्फोटको कारणबारे अनुसन्धान गर्नेछ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार











प्रतिक्रिया