काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारका पछिल्ला कामकारबाहीप्रति टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन्।

सरकारको आर्थिक तथा कूटनीतिक निर्णय, प्रहरी त्रासमा, न्यायालय अन्यौलमा र आम नागरिकले भोगिरहेको महँगीलाई लिएर असन्तुष्टि व्यक्त गरेका उनले सरकारको कार्यशैलीमाथि प्रश्न गरेका हुन्।

उनले प्रकृतिको अनवरत कहर, अर्थमन्त्रीको अभिव्यक्ति, राजदूत सिफारिस, प्रहरी र न्यायालयको अवस्थासहित महँगीको मारमा जनता परेको बताएका छन्।

‘प्रकृतिको अनवरत कहर र शक्ति केन्द्र खुसी पार्न अर्थमन्त्रीको अनर्थपूर्ण बयान, राजदूत सिफारिस हाँडीगाउँको जात्रा, प्रहरी त्रासमा, न्यायालय अन्योलमा, जनता महँगीको मारमा,’ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले लेखेका छन्, ‘आखिर, गोलगोल भद्रगोल नै हुने भो त रविजी?’

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com