काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बाँस्कोटाले सरकारका आर्थिक तथा कूटनीतिक निर्णय, शान्ति सुरक्षा, न्यायालयको अवस्था र बजारमा बढ्दो महँगीलाई लिएर आलोचना गरेका हुन्।

उनले प्राकृतिक विपद्का घटना भइरहँदा पनि सरकार संवेदनशील हुन नसकेको आरोप लगाएका छन्। शक्ति केन्द्रलाई खुसी पार्ने उद्देश्यले अर्थमन्त्रीले दिएको अभिव्यक्ति, राजदूत सिफारिस प्रक्रिया र प्रहरी प्रशासनको अवस्थामाथि पनि उनले प्रश्न गरेका छन्।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकृतिको अनवरत कहर र शक्ति केन्द्र खुसी पार्न अर्थमन्त्रीको अनर्थपूर्ण बयान, राजदूत सिफारिस हाँडीगाउँको जात्रा, प्रहरी त्रासमा, न्यायालय अन्योलमा, जनता महँगीको मारमा, आखिर गोलगोल भद्रगोल नै हुने भो त रविजी?’

उनले राजदूत सिफारिस प्रक्रिया अव्यवस्थित बनेको, प्रहरी प्रशासन दबाबमा रहेको र न्यायालय अन्योलग्रस्त भएको टिप्पणी गरेका छन्। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण प्रभावित भइरहँदा सरकारको कार्यशैली प्रभावकारी हुन नसकेको उनको आरोप छ।

बाँस्कोटाको उक्त टिप्पणीमार्फत उनले सरकारका विभिन्न निर्णय र कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै रास्वपा सभापति लामिछानेको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com