काठमाडौं । नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा काम गरिरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

अर्का पत्रकार चिरञ्जीवी पौडेलका अनुसार सादा पोशाकमा आएका प्रहरीले सुवेदीलाई कुनै पक्राउ पुर्जी नदेखाई समाचार कक्षबाटै नियन्त्रणमा लिएका थिए।

नेपाल प्रेसमा प्रकाशित एक समाचारलाई लिएर साइबर ब्युरोको आग्रहमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ।

समाचार प्रकाशनसँग सम्बन्धित विषयमा प्रहरीको हस्तक्षेप आवश्यक नरहेको अवस्थामा पनि प्रहरीको उच्च नेतृत्वको आदेशमा सुवेदीलाई नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com