काठमाडौं । प्रहरीले शुक्रबार अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएको छ। मोटिभेट न्युजमा कार्यरत बराललाई प्रहरीले बिजुलीबजारस्थित कार्यालयबाटै पक्राउ गरेको हो।
सादा पोशाकमा पुगेका व्यक्तिहरूले कार्यालयमै पुगेर बराललाई नियन्त्रणमा लिएका हुन्।
शुक्रबार नै नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पनि नयाँ बानेश्वरस्थित कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यस्तै, पत्रकार नवराज मैनालीको खोजी गर्दै प्रहरी नयाँ पत्रिकाको कार्यालयसमेत पुगेको बताइएको छ।
एकै दिन विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई नियन्त्रणमा लिने र खोजी गर्ने प्रहरी गतिविधिले पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी चिन्ता बढाएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया