काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले रास्वपाले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको बताएकी छिन्।

शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सरकारको सुशासनमाथि प्रश्न उठाउँदै यस्तो बताएकी हुन्।

उनले रास्वपा सभापति रवि लामिछानेलाई सुशासनको नारा नलगाउन सुझाव दिएकी छिन्।

‘रवि लामिछाने जी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ’, उनले भनेकी छिन्।

यस्तै, उनले कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com